२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित)

गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित)


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शैय्याको अस्पतालका लागि आवश्यक दरबन्दी प्रस्ताव गर्दै सुझावहरु संकलन गरिरहेको छ । मन्त्रालयले ५० शैय्याको अस्पतालका लागि १४५ जना जनशक्तिको दरबन्दी प्रस्ताव गरेको छ ।

उक्त दरबन्दी प्रस्तावमाथि सुझाव पठाउँदै सरकारी चिकित्सकहरुको संगठन सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले १६६ जनाको दरबन्दीसहितको सुझाव प्रस्ताव मन्त्रालयलाई पठाएको छ । मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पठाइएको सुझावमा अस्पताल प्रमुख हुनका लागि विषय विशेषभन्दा पनि चिकित्सकको नेतृत्व क्षमतालाई ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।

यस्तै, संघले अस्पतालको प्रमुख पदमा खास उप—समूह नभएर तोकिएको तहको विशेषज्ञ हुने व्यवस्था गर्न, मेडिकल, डेन्टल वा सर्जिकल कुनै पनि विधाको दरबन्दी नछुटाउन समेत सुझाव दिएको छ । चिकित्सकीय सेवाहरु प्रभावकारी बनाउन सहयोगी हातका रुपमा रहने हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब आदिको दरबन्दी पनि सोही अनुपातमा पिरामिड पदानुक्रमअनुसार तयार गर्न पनि आग्रह गरिएको छ ।

गोदानले स्वास्थ्य मन्त्रालयमा सुझावका लागि प्रस्तावित गरेको दरबन्दी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ