काठमाडौँ – सरकारले एक वर्षभित्रमा स्वास्थ्य क्षेत्रमा विकास गर्नेभन्दा वेथिति बनाउने काम गरेको नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आरोप लगाएको छ। एमालेका सचिव तथा विभागका प्रमुख समेत रहेका योगेश भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन् ।
कोभिड-१९ महामारीलाई नियन्त्रण गर्न कुल जनसंख्या को ७० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाउनु पर्ने लक्ष्य पुरा गर्न नसकेको उनको भनाइ छ । विभिन्न दात्री निकायबाट दिएको खोप हुँदाहुँदै पनि व्यवस्थित गर्न नसक्दा अझै पनि ४० प्रतिशत जनताले खोपबाट वन्चित भएको उनले बताए ।
यस्तै, आकस्मिक स्वास्थ्य सेवालाई जनताको अधिकार रुपमा स्थापित गर्न पूर्ववर्ती सरकारले विशिष्टकृत अस्पतालबाट सुरु गरिएको नि:शुल्क आकस्मिक सेवा कार्यक्रम समेत सरकारले रोकेको उनको आरोप छ ।
त्यसैगरी, स्वास्थ्यमा बजेट घटाएर जनस्वास्थ्यको सवालमा सरकार कति उदासिनता छ भन्ने कुरा प्रष्ट देखिएको उनको भनाइ छ। स्थानीय तहमा पनि पर्याप्त बजेट जान नसकेको पुँजीगतभन्दा चालु बजेट २ गुणाभन्दा बढी छुट्टयाएर आधारभूत अस्पताल निर्माणका लागि बजेट सुनिश्चित गर्न नसकेको नेता भट्टराईको आरोप छ ।
त्यस्तै, उनले स्वास्थ्य बीमा कार्यक्रमलाई बजेट वक्तब्यमार्फत निजीकारणतर्फ लैजाने निती अघि सारेकोमा नेकपा एमलालेले सशक्त विरोध गरी रोक्दै आएको र आगामी दिनमा पनि रोक्ने चेतावनी दिएका छन्। सरकार नै बीमा कार्यकम असफल बनाउन लागि परेको र त्यसको ज्वलन्त उदारहण १८ महिनासम्म पनि स्वास्थ्य मन्त्रालयमा पेश भएको दरवन्दी स्वीकृत नगर्नुलाई प्रणामको रुपमा राख्न सकिने उनको भनाइ छ।
नेता भट्टराईले आर्थिक वर्ष सकिन ३ दिन बाँकी हुँदा स्वास्थ्य मन्त्रालयले पुरानो मिति राखेर ठुलो मात्रामा बजेट रकमान्तर गर्नु चरम अनियमिता र सत्ताको दुरुपयोग भएको बताए। उनले यो विषयमा अख्तियार र महालेखा परीक्षक कार्यालयको पनि ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।
यस्तो छ एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले लगाएको सरकारमाथि गरेको २६ बुँदे आलोचना :-



