२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्छ : राष्ट्रपति भण्डारी

स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्छ : राष्ट्रपति भण्डारी


काठमाडौँ – राष्ट्रपति विद्या देवी भण्डारीले स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्ने बताएकी छिन्। आइतबार त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले सबैको पहुँचका लागि स्वास्थ्य सेवा देशभर विकेन्द्रत गराउनुपर्ने बताएकी हुन्।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘स्वास्थ्य सेवा देशभर नै विकेन्द्रित गराउनुपर्छ । स्थानीयस्थरबाट नै आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनाउनका लागि आधुनिक प्रविधिमा जोड दिने देखि चिकित्सक, नर्स तथा पारामेडिक्स आवश्यकता अनुसार प्रक्षेपण गरिनुपर्दछ।’ रोग लागेपछिको उपचार भन्दा रोग लाग्न नदिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै, उनले नेपालमा मेडिकल शिक्षाको स्वास्थ्य सेवामा महत्वपुर्ण भूमिका रहेको बताइन । ‘मेडिकल क्षेत्रमा भएका विकास र अध्ययन हामीले पनि उपयाेग गर्न पाउनु पर्छ जसको निमित्त सरकारले कुनै कसुर बाँकी राख्ने छैन, ‘उनले भनिन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ