२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवैशाख १ पछि काेभिडका कारण पहिलाे मृत्यु

वैशाख १ पछि काेभिडका कारण पहिलाे मृत्यु


काठमाडौँ – कोभिड-१९ का कारण १ जना संक्रमितको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो १४घण्टामा कोभिडका कारण थप १ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ५४ वर्षीया महिला रहेकी छिन्। उनको विपी कोइराला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । वैशाख १ पछि कोभिडका कारण मृत्यु भएको यो पहिलो केस हो। यससँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११हजार ९ सय ५३ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ३५ जना संक्रमित थपिएका छन्। भने, ५१ जना संक्रमित निको भएका छन्।

आइतबार सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ३९ पुगेको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ