२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैपटक ४५७ जनामा कोभिड पुष्टि, १को मृत्यु

नेपालमा एकैपटक ४५७ जनामा कोभिड पुष्टि, १को मृत्यु


काठमाडौँ – नेपालमा कोभिड संक्रमितको संख्या बढ्नुको साथै मृत्युका केसहरु पनि देखिन थालेको छ। छिमेकी देश भारतमा कोभिड संक्रमणमा वृद्धि आएसँगै नेपालमा पनि संक्रमण दर बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार  पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। वैशाख पछि यो दोस्रो मृत्युको केस हो। आइतबार पनि एक संक्रमितको मृत्यु भएको थियो।  यससँगै नेपालमा कोभिडबाट मृत्यु हुने संख्या १९९५४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एकै पटक ४५७ जना संक्रमित थपिएका छन्। ४८ जना संक्रमित उपचार पछि निको भएका छन्।’

हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ रहेको छ। हाल आइसियूमा १५ जना संक्रमित रहेका छन् भने भेन्टिलेटरमा १ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले कोभिडका बिरामी बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ