२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको संगठनात्मक संरचना र दरवन्दी स्वीकृत

५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको संगठनात्मक संरचना र दरवन्दी स्वीकृत


काठमाडौँ – सरकारले स्थानीय तहमा सञ्चालन हुन लागेका ५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको संगठनात्मक संरचना र दरवन्दी स्वीकृत गरेको छ। २१ असारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार आधारभूत अस्पतालहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो।

स्वास्थ्य मन्त्रालयको पठाएको पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सोमबार नमुना संगठन संरचना र दरवन्दी पठाएको थियो।

स्वीकृत भएको ५ शैय्याको आधारभूत प्रस्तावित अस्पतालमा एक जना मेडिकल अधिकृत, ४ जना स्टाफ नर्स, डेन्टल हाइजिनिस्ट, नायब सुब्बा र सरसफाईकर्मी १–१ जना, ३ जना हेल्थ असिस्टेन्ट, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर र फार्मेसी सहायक गरी १८ जनाको दरवन्दी रहेको छ।

त्यस्तै, ८औँ तहका मेडिकल अधिकृतको नेतृत्वमा १० शैय्याको आधारभूत अस्पतालमा स्टाफ नर्स ५ जना, अधिकृत २ जना, हेल्थ असिस्टटेन्ट ३ जना र कार्यालय सहयोगी जना, कविराज आयुर्वेदं साहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी साहायक, डेन्टल हाइजेनिष्ट, नयाँ सुब्बा १-१ जना र सरसफाईकर्मी २ जना गरी २२ जनाको दरवन्दी रहेको छ।

त्यस्तै, १५ शैय्याको अस्पतालमा भने ९औँ वा १० औँ तहको मेडिकल जनरलिस्टले नेतृत्व गर्ने गरी दरवन्दी प्रस्ताव गरिएको छ । यसपछि २ मेडिकल अधिकृत, ६ स्टाफ नर्स र ४ हेल्थ असिस्टेन्स रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ ।

 पूरा विवरण :-


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ