२०८१ माघ २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्ववत व्यवस्थाअनुसार नै स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न एमालेको माग

पूर्ववत व्यवस्थाअनुसार नै स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न एमालेको माग


काठमाडौं—नेकपा एमालेले पूर्ववतः व्यवस्थाअनुसार नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । बुधबार एमाले सचिव तथा स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै बजेट वक्तव्यमार्फत आएको जनविरोधी नीति फिर्ता लिन भनेका छन् ।

भट्टराईले सेवा प्रदायक संस्थाबाट हुने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत अवस्थामा सञ्चालन गर्न आग्रह गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत सामुदायिक र सरकारी अस्पतालहरुबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको थियो । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ । यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामाजिक इकाई स्थापना गरिनेछ,’ बजेट वक्तत्वको बुँदा नं. १५१ मा छ, ‘स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ ।’

सरकारले बजेटमार्फत यस्तो व्यवस्था गरेपछि निजी अस्पतालहरुले केही दिनयता स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेका छन् । यसले स्वास्थ्यलाई जनताको पहुँचबाट टाढा पु¥याउने काम गरेको एमालेले बताएको छ ।

एमालेले सरकारले बजेटमार्फत स्वास्थ्य बीमालाई नियोजित षड्यन्त्र गरेको जनाउँदैं यो नीतिमार्फत बिमा प्रदायकको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराउने नीति खारेज गर्न भनेको छ ।

देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ