२०८१ असोज २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा सक्रिय संक्रमित मात्रै १२७० जना, १० प्रतिशत पुग्यो संक्रमण दर

काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित मात्रै १२७० जना, १० प्रतिशत पुग्यो संक्रमण दर


काठमाडौँ – काठमाडौँ उपत्यकामा २१६ जना नयाँ कोभिड-१९ संक्रमित भेटिएका छन् । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार  पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा नयाँ २१६ संक्रमित भेटिएका हुन् ।

उनका अनुसार संक्रमितमध्य काठमाडौंमा १८५, ललितपुरमा २२ र भक्तपुरमा ९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।  काठमाडौंमा सक्रिय संक्रमितको संख्या मात्रै १२७० पुगेको छ । देशभर जम्मा सक्रिय संक्रमितको संख्या २२७६ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । भने, ४६ संक्रमित निको भएका छन्।

सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा २१४३ रहेका छन् । त्यस्तै, संस्थागत आइसोलेसनमा १३३ र आइसियूमा २१ जना संक्रमित रहेका  छन् ।

केहि महिना अगाडी १ प्रतिशत मात्र रहेको संक्रमण दर अहिले बढेर १० प्रतिशतको हाराहारीमा पुगेको प्रवक्ता अधिकारीले बताए ।  नेपालमा कोरोना संक्रमण बढ्न थालेको हुँदा सतर्कता अपनाउन प्रवक्ता अधिकारीले अनुरोध गरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ