२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्डको वार्षिक नीति तथा कार्यक्रम : बीमामा आवद्ध घरपरिवार संख्या ५०% पु-याइने

स्वास्थ्य बीमा बोर्डको वार्षिक नीति तथा कार्यक्रम : बीमामा आवद्ध घरपरिवार संख्या ५०% पु-याइने


काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले बीमामा आवद्ध घर संख्या ३३ प्रतिशतबाट ५० प्रतिशतमा पु-याउने लक्ष्य लिएको छ। बोर्डले आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो लक्ष्य रहेको जनाएको हो।

हालसम्म बीमा कार्यक्रममा १७ लाख ४३ हजार ४७ परिवार अर्थात ३२ दशमलब १४ प्रतिशत परिवार र ५६ लाख ५७ हजार ७२५ अर्थात २१ दशमलब ३५ प्रतिशत नागरिक आवद्ध भएका छन् ।

सो नीति तथा कार्यक्रममा बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा संचालन गर्नका लागि बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत प्राप्त सूचनालाई व्यवस्थित गरी तथ्य पत्ता लगाउने, सेवा ग्राही र सेवा प्रदायक स्वास्थ्य संस्थाका आवश्यक अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यका आधारमा योजना निर्माण गर्ने प्रक्रिया अगाडि बढाइने नीति बोर्डले लिने भएको छ ।

बीमा कार्यक्रमलाई अझै प्रभावकारीरूपमा संचालन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरी स्मार्ट कार्ड प्रविधि अपनाई क्रमश: लागु गर्दै लगिने बोर्डले उल्लेख गरेको छ ।

त्यस्तै, कडा रोगको उपचारसँग सम्बन्धित कार्यक्रमलाई बीमा व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गरी सञ्चालन गर्न आवश्यक जनशक्ति, कार्यविधि, निर्देशिकाका साथै अन्य व्यवस्थापन गर्ने र स्वास्थ्य बीमा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न पहल गर्ने भएको छ ।

त्यस्तैगरी, नागरिकको आवद्धता र नवीकरणको (दर वृद्धि नवीकरण नगर्ने दरलाई कम गर्ने) गर्नका लागि ड्रप आउट बढी भएको र आवद्धता कम भएका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेख छ ।

हेर्नुहोस् स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको १७ बुँदे वार्षिक नीति तथा कार्यक्रम 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ