२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री खापुङ स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पतालमा

स्वास्थ्यमन्त्री खापुङ स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पतालमा


काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन् । शनिबार दिउँसो खाना खाएपछि रिंगटा लाग्ने र बमिट भएपछि उनी जाँच गराउन वीर अस्पताल पुगेका हुन् ।

‘अहिले अवस्था सामान्य छ,’ उपचारमा संलग्न अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले भने, ‘केही परीक्षणको रिपोर्ट आयो, त्याे रम्राे छ । केहीकाे आइसकेको छैन, त्यो आएपछि भर्ना गर्ने या पठाउने डिसिजन गर्छौ ।’

उनले खाना खाएपछि बमिट भएका कारण फुड पोइजन हुनसक्ने आशंका भएको बताए । रिगंटा पनि लागेको हुँदा अन्य केही भाइटल जाँच गरिएको हुँदा त्यसको रिजल्ट कुरिरहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)