२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेडीसीको ‘प्राविधिक स्वास्थ्य शिक्षा तथा शैक्षिक परामर्श’ मेला सम्पन्न

केडीसीको ‘प्राविधिक स्वास्थ्य शिक्षा तथा शैक्षिक परामर्श’ मेला सम्पन्न


काठमाडौँ – कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले आयोजना गरेको ‘प्राविधिक स्वास्थ्य शिक्षा तथा शैक्षिक परामर्श’ मेला सम्पन्न भएको छ । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेको सो मेला  कान्तिपुर डेन्टल कलेजको प्राङ्गणमा सम्पन्न भएको हो ।

संयुक्त अरब इमिरेट्सका महामहिम राजदुत सइद हमदान अल नक्वीले मेलाको उद्घाटन गर्दै यस्तो कार्यक्रमले जनमानसमा प्राविधिक स्वास्थ्य शिक्षाको विषयमा राम्रो जानकारी प्रदान गर्ने र उत्पादित जनशक्तिले देश तथा विदेशमा आत्मनिर्भर भएर बस्न मद्दत गर्ने बताए ।

हाल देशमा प्राविधिक स्वास्थ्य शिक्षाको महत्व ओझेलमा परेको र खासगरी एसईई दिएर बसेका विद्यार्थीहरु आफ्नो भविष्यका बारेमा कम मात्र जानकार हुने हुँदा यस्तो मेलाले उनीहरुको भविष्यमा कुन विषय अध्ययन गर्ने वा कुन पेशालाई अंगाल्ने भन्ने  निर्णय गर्न सहज हुने यसै केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जनाए ।

एसईई दिएर बसेका विद्यार्थीहरुलाई प्राविधिक स्वास्थ्य शिक्षाको विषयमा जानकारी दिने, दन्त तथा फार्मेसी उपकरण प्रदर्शन, कला प्रदर्शन, तथा मनोरन्जनात्मक क्रियाकलापहरु जस्तै फुड स्टल,गेम स्टल, फेस पेन्टिङ्ग,फोटो बुथ तथा मेहन्दि लगाउने रहेको थियो । कार्यक्रममा २ हजार विद्यार्थी तथा सर्वसाधारण सहभागी भएका थिए ।

 

 

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ