२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुपन्देहीमा सबैभन्दा लामो एक महिने स्वास्थ्य शिविर जारी

रुपन्देहीमा सबैभन्दा लामो एक महिने स्वास्थ्य शिविर जारी


रुपन्देही – रुपन्देहीको सैनामैना नगरपालिका-१ स्थित पर्रोहा बोलबम धाममा एक महिने निःशुल्क स्वास्थ्य शिविर जारी छ । युथ फर नेशन (राष्ट्रका लागि युवा) को आयोजना १ साउनदखि सुरु भएको शिविर ३१ गतेसम्म नै सञ्चालन हुने नेशनका अध्यक्ष एवं मनोचिकित्सक डा. निकोलस भुसालले जानकारी दिए

सो शिविर नेपालमा अहिलेसम्म भएका निःशुल्क स्वास्थ्य शिविरमध्ये सबैभन्दा लामो समयसम्म चल्ने शिविर भएको संस्थाले दावी गरेको छ । उक्त शिविरमा हालसम्म १ हजार ४ सय बढी नागरिकले जाँच गराइसकेका छन्।

‘स्वस्थ नेपाल स्वस्थ नेपाली’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सर्वसाधरणमाझ स्वास्थ्य सेवा पहुँचको दायरा बढाउन र स्वस्थ जिवनशैली सम्बन्धि सचेतनाको विकास गर्न यो शिविर आयोजना गरिएको युथ फर नेशनका अध्यक्ष एवं मनोचिकित्सक डा. निकोलस भुसालले जनाए ।

‘यस श्रावण महिनाभर बोलबम धाममा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिती रहन्छ’ ,डा. भुसालले भने, ‘धनी-गरिब नभनि सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने, उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउने र सचेतना फैलाउने हाम्रो उद्देश्य हो ।’

शिविरमा विशेषज्ञ डाक्टरसहितको टालीद्वारा निःशुल्क स्वास्थ्य चेकजाँच, निःशुल्क सुगर जाँच तथा आवश्यकता अनुसार निः शुल्क आौषधी वितरणको व्यवस्था समेत गरिएको कार्यक्रम संयोजक विजय सेनले बताए।

 बोलबम धाममा आउने सबै श्रद्धालुहरुलाई आफ्नो आधारभूत स्वास्थ्य अवस्थाको बारेमा अवश्य जानकारी लिन र स्वास्थ्य जनचेतना बाँढ्न  उनले सुझाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ