२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमंकीपक्स संक्रमण नेपालमा पनि भित्रिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले थाल्यो पूर्व तयारी

मंकीपक्स संक्रमण नेपालमा पनि भित्रिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले थाल्यो पूर्व तयारी


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी गरेको जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा.  समिर अधिकारीले विश्वभर फैलिरहेको मंकीपक्सको संक्रमण छिमेकी राष्ट्र भारतमा समेत देखिएकाले नेपालमा पनि प्रवेश गर्न सक्ने हुँदा यसको लागि पूर्व तयारी गरेको जनाएका हुन्।

उनका अनुसार मन्त्रालयले पुर्व तयारीका लागि इपिमिडियोलोजी, उपचार प्रोटकल, प्रयोगशाला निदान रणनीतिहरु आदिको अभिमुखीकरण प्रदान भैसक्नुको साथै यसको जोखिम न्यूनीकरण गर्ने तयारी र प्रतिकार्यका कदमहरु सिफारिस गरेको छ।

त्यस्तै, सबै प्रदेशमा १४जना फोकल चिकित्सकहरु तोकेर केस अनुसन्धान गर्न परिभाषा बनाइएको छ। सबै स्थानमा भर्चुअल र कान्ति बाल अस्पताल र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ।

मन्त्रालयले भारतमा संक्रमण देखिएसँगै त्रिभुवन विमानस्थलमा र १४वटा नाकाको हेल्थ डेस्कमा निगरानी बढाएको छ। मंकीपक्सको परीक्षण गर्ने नमुना संकलन र दुबानी व्यवस्था अगाडी बढाएको सह-प्रवक्ता अधिकारीले जनाए।

आगामी दिनमा नाकाहरुमा अभिमुखी कार्यक्रमहरु गर्ने, स्वास्थ्यकर्मीलाई तालिम दिने, संक्रमणको पहिचान र निदानका लागि प्रयोगशाला क्षमता विकास गर्ने, संक्रमणको जोखिम हुन सक्ने जनसंख्या वा समुदायहरुमा सम्भावित संक्रमणको बारेमा भरपर्दो जानकारी प्रावधान बढाउँन मुख्य समुदाय आधारित समूहहरु, यौन स्वास्थ्य र नागरिक संजालहरुलाई संलग्न गराउने मन्त्रालयको योजना रहेको छ।

त्यसैगरी, भाइरसको थप पत्ता नलागेमा प्रसार रोक्ने लक्ष्यका साथ प्रभावित हुन सक्ने व्यक्ति वा जनसमुहलाई कलंक र भेदभावबाट बचाउन निम्न कुराहरुलाई मध्येनजर गरी हस्तक्षेपहरु बनाउने र संक्रमण प्रभावित व्यक्तिको मानवअधिकार, गोपनियता र मर्यादा र तिनीहरुको सम्पर्कहरुको रक्षा गर्ने पनि पूर्वतयारीमा समावेश छ ।

गत जनावरी देखि २२ जुलाईसम्म ७४ सदस्य राष्टहरुबाट विश्व स्वास्थ्य संगठनलाई मंकीपक्स संक्रमणको केस रिपोर्ट गरिएको छ । २१ जुलाइसम्मको तथ्यांक अनुसार १५, ३२८ पुष्टि भएका केसहरुमध्ये ५ जनाको मृत्यु सहित ७२ सम्भावित केसहरुको रिपोर्ट भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ