२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १ जना कोभिड संक्रमितको मृत्यु, थप ५६८ जनामा संक्रमण

थप १ जना कोभिड संक्रमितको मृत्यु, थप ५६८ जनामा संक्रमण


काठमाडौँ  – नेपालमा थप १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। साउन महिनामा मात्रै कोभिडबाट ५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५७ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, देशभर एकैपटक थप ५६८ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ९५ जना संक्रमित निको भएका छन्।

पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमित ३ हजार ५ सय ३४  जना रहेका छन् ।

सोमबार आइसियूमा २७ जना र भेन्टिलेटरमा २ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ