२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ करोड घुस लिएको आरोप लागेपछि आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्रलाई ५ बजेभित्र मन्त्रालयमा उपस्थित हुन पत्र

५ करोड घुस लिएको आरोप लागेपछि आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्रलाई ५ बजेभित्र मन्त्रालयमा उपस्थित हुन पत्र


काठमाडौं—५ करोडभन्दा बढी घुस लिएको आरोप लागेपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया मन्त्रालय बोलाइएका छन् । मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको ठाडो आदेशमा उनलाई पत्र काटेर ५ बजेभित्र मन्त्रालय उपस्थित हुन निर्देशन दिइएको छ ।

मन्त्रालयले लेखेको पत्रमा डा. चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेका, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको उल्लेख छ । छ । यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको आरोप लागेपछि उनलाई ५ बजेभित्र मन्त्रालयमा उपस्थित हुन भनिएको हो ।

मन्त्री केसीले अनलाइन मिडियामा यस्ता समाचारहरु प्रकाशित भएपछि ५ बजेभित्र मन्त्रालय उपस्थित भएर जवाफ दिन डा. चौरासियालाई पत्र पठाएका हुन् ।

विगत लामो समयदेखि खरिद र आपूर्ति शाखामा रहँदैं आएका डा. चौरासिया खरिदसँग जोडिएर पटक—पटक विवादमा तानिदैं आएका छन् । उनीमाथि पटक—पटक अनियमितता गरेको आरोप पनि लाग्दै आएको छ । डा. चौरासिया १० औं तहका सरकारी अधिकारी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ