२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६३८ जनामा कोभिड संक्रमण, २ को मृत्यु

थप ६३८ जनामा कोभिड संक्रमण, २ को मृत्यु


काठमाडौँ  – नेपालमा थप २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। साउन महिनामा मात्रै कोभिडबाट ७ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५९ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, देशभर एकैपटक थप ६३८  जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २१८ जना संक्रमित निको भएका छन्।

पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमित ३ हजार ७ सय १४  जना रहेका छन् ।

मंगलबार आइसियूमा ३० जना र भेन्टिलेटरमा १ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)