२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नशालु पदार्थ खुवाएर नर्सिङ अध्ययनरत छात्रामाथि पहिलो पटक बलात्कार, भिडियो बनाएपछि पटक–पटक

नशालु पदार्थ खुवाएर नर्सिङ अध्ययनरत छात्रामाथि पहिलो पटक बलात्कार, भिडियो बनाएपछि पटक–पटक


विराटनगर-विराटनगरस्थित एक कलेजमा नर्सिङ अध्ययन गर्दै आएकी एकजना किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ‘जबरजस्ती करणी’ मुद्दामा विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राउत र सुवेदी मोरङ जिल्ला करातेका स्थायी सहायक प्रशिक्षक हुन् । उनीहरू वि.सं.ल२०५२ सालदेखि करातेको सहायक प्रशिक्षक भएर काम गर्दै आएका थिए ।

मंगलबार प्रहरीले दोस्रो पटक मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । करणी आरोपमा पक्राउ परेका सुवेदी र राउतलाई प्रहरीले दोस्रो पटक म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । मंगलबार दोस्रो पटक दुई दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका आरोपी मध्ये सुवेदीले पछिल्लो पटक असार २८ गते किशोरीको डेरामा जबरजस्ती करणी गरेको आरोप छ । यसअघि नशालु पदार्थ खुलाएर बलात्कारको भिडियो बनाएर पछि डर त्रास देखाएर सुवेदी र राउतले पटक पटक बलात्कार गरेको आरोप छ ।

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुरज सुवेदी विराटनगरस्थित विराट हेल्थ कलेजमा डिसिपिलेन इन्चार्ज पनि हुन् । उनी उक्त कलेजमा डिआर्इ भएर बसेको ७ वर्ष भएको थियो । एक वर्ष अगाडिदेखि ती किशोरी र सुवेदी परिचित थिए ।

कलेजले लिने परीक्षामा ती किशोरीलाई सुवेदीले सहयोग गरेका थिए । सहयोग गरेको कारणले जेठमा सुवेदी किशोरीको कोठामा गएका थिए । पहिला नै चिनजान भएकाले उनीहरूले मादक पदार्थ सेवन गर्ने योजना सुवेदीले बनाए ।

‘पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीअनुसार कोठा बाहिर किशोरी पानी लिन गएको मौका छोपी सुवेदीले मादक पदार्थ सेवन गर्नुभन्दा अगाडि ती युवतीलाई नसामा लट्ठ बनाउन बियरमा केही औषधि हाले । त्यो बियर किशोरीलाई पिलाए । किशोरी बेहोस भएको अवस्था छोपेर उनी करणी गरे र भिडिओ बनाए । त्यही भिडियो देखाएर सुवेदीले मात्र करणी गरेनन् उनका साथी विनोद राउतलाई पनि जेठतिर विराट नर्सिङ होम अगाडीको एक होटलमा लगेर जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

डेरामा सुवेदीले जबरजस्ती गरेपछि भिडियो बनाएको धम्की दिने गरेका थिए । करणी गरेको हल्ला गरे भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै सुवेदी र राउतले त्यसपछि पटक पटक होटलमा लगेर जबरजस्ती करणी गरेको उनको आरोप छ ।

सुनसरी घर भएर हाल विराटनगरको नर्सिङ कलेजमा अध्ययनरत छात्रालाई राउत र सुवेदीले पटक पटक जबरजस्ती करणी गरेको छात्राले जाहेरी दिएपछि उनीहरूलाई आइतबार पक्राउ गरी अहिले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । ‘किशोरीले दिएको जाहेरीको आधारमा अनुसन्धान सुरु भएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’

सामूहिक करणीमा यस्तो छ सजाय

मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐनमा कसैले कुनै महिलालाई निजको मञ्जरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिगलाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने उल्लेख गरेको छ ।

करणी सम्बन्धी कसूरमा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमरेको महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था गरेको छ । सामूहिक करणीको हकमा थप पाँच वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था गरेको छ । पक्राउ परेका सुवेदी र राउतको पनि कसुर पुष्टि भए उक्त सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ