२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआधारभूत अस्पतालमा दन्त चिकित्सकको दरवन्दी राख्नुपर्ने भन्दै डेन्टल एसोसिएशन भेटघाटमा सक्रिय

आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरवन्दी राख्नुपर्ने भन्दै डेन्टल एसोसिएशन भेटघाटमा सक्रिय


काठमाडौँ – नेपाल डेन्टल एसोसिएशनले आधारभूत अस्पतालको दरवन्दीमा दन्त चिकित्सकको दरवन्दी हुनुपर्ने माग राख्दै भेटघाट कार्यक्रम निरन्तर  राखिरहेका छन्। स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा निर्माण भइरहेको ५/१०/१५ बेडको आधारभूत अस्पतालको दरवन्दी तेरिजमा दन्त चिकित्सकको दरवन्दी हुनुपर्ने अडान राख्दै एसोसिएसनले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायका पदाधिकारीहरुसँग निरन्तर भेटघाट गरिरहेको हो।

गत साता ५/१०/१५ बेडको आधारभूत अस्पतालको दरवन्दी तेरिजमा दन्त चिकित्सकको दरवन्दी नराखिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई सो निर्णय सच्च्याउन ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।

त्यस्तै, गएको मंगलबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई एसोसिएसनका उपाध्यक्ष डा. अजय कुमार साहको नेतृत्वमा गएको टोलीले स्थितिबारे अवगत गराइ सो निर्णय सच्याउन अनुरोध गरेको छ। उक्त टोलीले स्वास्थ्य सचिवद्वय देव कुमारी गुरागाईं तथा डा. रोशन पोखरेल, प्रमुख विषेशज्ञ डा. गुणराज लोहनी तथा स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालसंग समेत भेटघाट गरी दन्त चिकित्सकहरुको दरबन्दी आधारभूत अस्पतालमा हुनै पर्ने कुरा राखेका छन्।

भेटघाटका क्रममा डा. लोहनीले यो लामो प्रक्रियाबाट गरिएको निर्णय भएकोले यसको विरोध गर्नु भन्दा सच्याउन सकिने अझै स्थान रहेको प्रतिक्रिया दिएको एसोसिएसनका केन्द्रिय सहसचिव डा. विश्व प्रकाश ठाकुरले बताए। निर्णय नसच्चिए कानुनी बाटोमा लाग्न पर्ने उनको भनाइ छ।

केन्द्रिय सदस्य डा. हरि प्रसादओली ले १५ बेड /१० बेड का अस्पतालले अलिकति दुर्गममा १५००० त कतै २५००० सम्म नागरिकलाई सेवा दिनुपर्ने देखिएको बताए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ