२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री खापुङको एनएचआरसीलाई प्रश्न : स्वास्थ्य सम्बन्धी जनताले बुझ्ने के काम गरेको छ ?

स्वास्थ्यमन्त्री खापुङको एनएचआरसीलाई प्रश्न : स्वास्थ्य सम्बन्धी जनताले बुझ्ने के काम गरेको छ ?


काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले स्वास्थ्य सम्बन्धी जनताले बुझ्ने के काम गरेको छ ? भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई प्रश्न गरेका छन्। परिषदले आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले सो प्रश्न गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले भने, ‘स्वास्थ्य सम्बन्धि जनताले बुझ्ने के काम परिषदले गरेको छ? अनुसन्धान जनताले प्रत्यक्ष अनुभव गर्ने हुनुपर्छ। परिषदले गर्ने स्वास्थ्य अनुसन्धान पारदर्शीरुपमा हुनुप-यो।’

यसको साथै उनले परिषदका कर्मचारी विनियमावली ४ वर्ष देखि अल्मलिएको विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान गर्न प्रयत्न गर्ने प्रतिबद्दता जनाएका छन्। ‘प्रस्तावित स्वास्थ्य अनुसन्धन कर्मचारी नियमावली कुन अवस्थामा छ भन्ने कुरा म बुझ्छु । के कारणले राेकिएकाे हाे पत्ता लगाएर समस्याकाे समाधान गर्नुपर्छ, ‘उनले भने।

त्यस्तै, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए । ‘परिषद्ले स्वास्थ्य अनुसन्धानका विभिन्न विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र अनुसन्धान संस्कृतिको प्रवद्र्धन तथा नवीनतम ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ ।’

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ