२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाकिस्तानमा चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीको लागि आवेदन खुला

पाकिस्तानमा चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीको लागि आवेदन खुला


काठमाडौँ  – चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा पाकिस्तान पढ्न चाहने स्नातक तहका १९ विद्यार्थीका लागि आवेदन खुलाएको छ । आयोगले एक सूचना जारी गर्दै  पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि १९ विद्यार्थीका लागि आवेदन खुलाएको जनाएको हो।

आयोगका अनुसार शैक्षिकसत्र २०२२/२०२३का लागि नेपाल सरकारलाई पाकिस्तान सरकारबाट पाकिस्तान एसिस्टेन्स प्रोग्राम (पीटीएपी) अन्तर्गत  स्नातक तहका एमबीबीएसमा १०, बीडीएसमा ८ र डी फार्मेसीमा १ सिट कोटा दिइएको छ ।

 इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले  १६ साउनभित्र अनलाइनमार्फत आवेदन पेश गर्न सक्ने आयोगले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ