काठमाडौँ – बागलुङ जिल्लाले कोभिड-१९को रोकथाम र नियन्त्रण गर्न १० बुँदे आदेश जारी गरेको छ । जिल्लाका प्रमुख अधिकारी संयोजक रमेश ढकालको अध्यक्षमा बसेको बैठकले कोभिड भाइरस रोकथाम र नियन्त्रणका लागि ११ साउन राति १२ बजे देखि अर्को सूचना जारी नहुनेसमयसम्मका लागि १० बुँदे आदेश जारी गरेको हो।
मानिसहरु भीडभाड हुने क्रियाकलाप नगर्ने/ नगराउने, कलेज, विद्यालय, तालिम र अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु, संचालन गर्ने, सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट होटेल र रेस्टुरेन्ट वा अन्य प्रकारका व्यापार व्यवसायहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गरी संचालन गराउनुपर्ने आदेशमा उल्लेख छ।
त्यस्तै, जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायले स्वास्थ्यको मापदण्डको पालना गरी गराई सार्वजनिक सेवा साविक बमोजिम सुचारु गर्ने, कुनै क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिडको लक्षण देखिएमा अनिर्वाय रुपमा जाँच गराउने सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य साथमा राख्नु पर्ने नियम राखिएको छ।

