२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइश्वरपुर नगरपालिकाको १५ शैय्या अस्पताल तथा स्वास्थ्य संस्थाका लागि २४ कर्मचारी माग

इश्वरपुर नगरपालिकाको १५ शैय्या अस्पताल तथा स्वास्थ्य संस्थाका लागि २४ कर्मचारी माग


इश्वरपुर नगरपालिकाले वडा नम्बर ६मा संचालन हुने १५ शैय्याको नगर अस्पताल तथा अन्तरर्गतका स्वास्थ्य संस्थाका लागि कर्मचारी माग गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै  विभिन्न पदका लागि करार सेवामा २४ जना कर्मचारी माग गरेको हो।

सूचनाअनुसार आठौँ तहको २ जना मेडिकल अधिकृत, पाचौं तहका २ जना स्टाफ नर्स, फार्मेसिष्ट १ जना, हेल्थ असिष्टेन्ट २ जना र रेडियोग्राफर एक जना माग गरिएको छ। त्यस्तै, चौथो तहका अनमी र अहेब ७/ ७ जना , ल्याब असिष्टेन्ट १ जना र प्रशासनतर्फका १ जना कर्मचारी माग भएको छ।

इच्छुक र योग्यता पुगेकाले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ