काठमाडौँ – स्वास्थ्य सेवा विभागले औषधी तथा उपकरण खरिदमा आर्थिक हिनामिना भएको खबरमा कुनै सत्यता नभएको जनाएको छ। विभागले एक विज्ञप्ति जारी गरी औषधी खरिदमा आर्थिक हिनामिना भएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आएको खबरमा कुनै सत्यता नभएको जनाएको हो।
करिब १० अर्बभन्दा बढीको औषधी र उपकरण खरिद गर्दा अनियमितता भएको भन्दै खबरप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ । ‘खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ अनुसार नै गर्ने गरिएको छ, ‘विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८–७९ मा १० अर्बको नभई २ अर्ब ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया शुरु गरी करिब १ अर्ब ९३ करोडको खरिद सम्झौताहरु भएका छन्।’
विभागले कुनै एक कम्पनीसँग मात्रै खरिद कार्य हुनुको साथै प्रचलित कानुन विपरित हुने गरि कुनै पनि काम नगरिएको विभागको दावी छ। खरिद सम्झौता भएको विवरण समेत विभागले सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७८/७९को मालसामन खरिद सम्बन्धी विवरण