२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसशस्त्र प्रहरी बलले माग्यो ४६ स्टाफ नर्स र २२ डाक्टर

सशस्त्र प्रहरी बलले माग्यो ४६ स्टाफ नर्स र २२ डाक्टर


काठमाडौँ – सशस्त्र प्रहरी बलले स्वास्थ्यका ६८ जना कर्मचारी माग गरेको छ। शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानवश्रोत विभाग (भर्ना तथा छनौट शाखा) ले एक विज्ञापन प्रकाशित गरी डाक्टर तथा नर्स गरी ६८ जना कर्मचारी माग गरेको हो।

विज्ञापन अनुसार खुला तथा समावेशी गरी प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक (स्टाफ नर्स) ४६ जना मागेको हो।

योग्यता पुगेका तथा इच्छुक उम्मेदवारले निम्न पदका लागि १२ भदौ साँझ ५ बजेसम्म आवेदन दिन सक्ने बताइएको छ।

No photo description available.

No photo description available.

May be an image of text


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ