२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिलाका श्रीमान सुर्य संग्रौला नियुक्त

विपी प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिलाका श्रीमान सुर्य संग्रौला नियुक्त


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमानका सुर्य संग्रौला नियुक्त भएका छन् । आइतबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले रजिष्ट्रारमा संग्रौलालाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेताहरुले संग्रौलालाई विपीको रजिष्ट्रार नियुक्त गर्न दबाब दिदैं आएका थिए । उक्त दबाब थेग्न नसकेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङले शुक्रबार संग्रौलालाई रजिष्ट्रार बनाएका हुन् ।

यसैगरी, रिक्त रहेको अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक रहेका थिए । डा. जगतप्रसाद एनेस्थेसियाका चिकित्सक हुन् ।

यस्तै, उपकुलपति गिरीको सिफारिसमा सिनेटमा डा. ज्ञानेन्द्र मल्ल, डा. स्मृति कार्की सदस्य थपिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ