२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल

कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल


काठमाडौँ – सरकारले कोभिड–१९ संक्रमितको नि:शुल्क उपचारका लागि १७ वटा अस्पतालहरु तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३१ असारको निर्णयानुसार नि:शुल्क उपचारका लागि देशभर १७ वटा अस्पताल तोकिएको हो ।

उक्त अस्पतालहरुमा कोभिड–१९ का मध्यम तथा गम्भीर बिरामीको नि:शुल्क उपचार हुने मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी बागमती प्रदेशमा शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भरतपुर अस्पताल र भरतपुर अस्पताल तोकिएको छ।

त्यस्तै, प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, मधेश प्रदेशमा प्रादेशिक अस्पताल जनकपुर अस्पताल, नारायणी अस्पताल, वीरगन्ज अस्पतालबाट उपचार हुनेछ।

गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बागलुङको धौलागिरी अस्पताल, लुम्बिनी प्रदेशमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तोकिएका छन्।

त्यस्तै, सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पतालमा कोभिड–१९ को निशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ। कोभिड संक्रमितको उपचारवापत तोकिएका अस्पतालहरुलाई बिरामीको अवस्था अनुसार अनुदान दिने व्यवस्था समर सरकारले गरेको छ ।

No photo description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ