२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२२ अस्पताललाई १३३ हेमोडाइलाइसिस मेसिन बाँडियो, कुन अस्पताललाई कति ?

२२ अस्पताललाई १३३ हेमोडाइलाइसिस मेसिन बाँडियो, कुन अस्पताललाई कति ?


काठमाडौं—स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले देशभरका २२ अस्पताललाई १३३ वटा हेमोडाइलाइसिस मेसिन बाँडेको छ । गत आर्थिक वर्षमा महाशाखाले अस्पतालहरुबाट माग भएअनुसार हेमोडाइलाइसिस मेसिन खरिद गरेर वितरण गरेको जनाएको छ ।

महाशाखाका प्रमुख डा. रुद्रकुमार मरासिनीकाअनुसार महाशाखाले खरिद कार्य सम्पन्न गरेर केन्द्रीय औजार उपकरण स्टोर टेकुमा प्राप्त भएपछि अस्पतालहरुमा हेमोडायलाईसिस मेसिनको आवश्यकता सम्बन्धमा नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाबाट सम्बन्धित अस्पतालमा पुगी आवश्यकता पहिचान गर्ने कार्य गरीएको थियो ।

डा. मरासिनीकाअनुसार आवश्यकता पहिचानपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ, राज्यमन्त्री हिराचन्द्र केसी, मन्त्रालयका सचिव र स्वास्थ्य सेवा बिभागका महानिर्देशकबाट सहमति लिएर उक्त डाइलाइसिस मेसिनहरु २२ वटा अस्पताललाई वितरण गरिएको हो ।

जसमा प्रदेश नंं. १ का ३ वटा अस्पताललाई १८ वटा, मधेश प्रदेशका ३ वटा अस्पताललाई १३ वटा, बागमती प्रदेशका ७ वटा अस्पतालाई ५० वटा, गण्डकी प्रदेशको २ अस्पताललाई ९ वटा, लुम्बिनी प्रदेशका ३ वटा अस्पताललाई २४ वटा हेमोडाइलाइसिस मेसिन बाँडिएको छ ।

यसैगरी, कर्णाली प्रदेशका २ वटा अस्पताललाई १० वटा र सुदूरपश्चिम प्रदेशका २ वटा अस्पताललाई ९ वटा हेमोडाइलाइसिस मेसिन महाशाखाले उपलब्ध गराएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ