२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमंकीपक्सबाट भारतमा पहिलो मृत्यु

मंकीपक्सबाट भारतमा पहिलो मृत्यु


भारतमा मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु भएको छ।  दक्षिणी राज्य केरलाका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको थियो।

उक्त देशमा मंकीपक्स संक्रमणबाट मृत्यु हुने पहिलो केस हो। मंकीपक्सको लक्षण देखिएको उनी हालै संयुक्त अरब इमिरेट्सको भ्रमण गरेर भारत फर्किएका थिए । भारत आउनुअघि युएईमा युवाको स्क्रिनिङ गरिएको थियो । उनलाई मंकीपक्स भएको पुष्टि भएको थियो ।

युवा साउन २२ गते भारत पुगेका थिए । उनलाई साउन २७ गते अस्पताल भर्ना गरिएको थियो । शनिबार युवकको मृत्यु भएपछि परिवारका सदस्यले युएईमा गरिएको अनुसन्धानको प्रतिवेदन अस्पतालमा बुझाएपछि विभाग नै स्तब्ध बनेको थियो । यसपछि फेरि युवकको नमूना लिइयो ।

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले जुलाई २१ मा युएईबाट फर्किएर अस्पतालमा भर्ना भएका युवकको कारण के थियो भन्नेबारे अनुसन्धान गरिने बताइन।

शिक्षा तथा स्वास्थ्य स्थायी समिति सदस्य रेञ्जिनीले मृतक परिवारका सदस्य र केही साथीभाइसहित १० जनासँग प्रत्यक्ष सम्पर्कमा रहेको बताए ।  हालसम्म २० जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यहाँको हालको अवस्था पूर्णरुपमा नियन्त्रणमा रहेको र आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । यसैबीच, संक्रमणबाट एक युवकको मृत्यु भएपछिको अवस्थाबारे छलफल गर्न बैठक बोलाएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ