२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्तनपान गराउनेमा बागमतीभन्दा कर्णाली प्रदेश नै वौद्धिक देखियो : स्वास्थ्यमन्त्री

स्तनपान गराउनेमा बागमतीभन्दा कर्णाली प्रदेश नै वौद्धिक देखियो : स्वास्थ्यमन्त्री


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्तनपान गराउनेमा बागमती प्रदेशभन्दा कर्णाली प्रदेश नै वौद्धिक देखिएको बताएका छन्। मंगलबार थापाथलीस्थित प्रसुती गृहले आयोजना गरेको ‘बेबी मिल्क बैंक स्थापना’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

विकासमा पछाडि परेको कर्णालीमा स्तनपान गराउने संख्या बढी भएको र सहरमा बस्नेहरु यसमा पछाडि देखिएको तथ्यांकले देखाएको मन्त्री खापुङले बताए । वुद्धिजीवि, शिक्षित र धनाढ्य व्यक्तिहरूबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्रयाइ भइरहेको उनको भनाइ छ।

‘विकास निर्माणको अग्रसरतामा सबैभन्दापछि देखिने कर्णाली स्तनपान गराउनेमा अघि देखियो । बागमतीमध्ये पनि सबैभन्दा कम स्तनपान गराउने काठमाडौंमा नै होला । त्यसमा पनि वुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरू होलान्,’ उनले भने। स्तनपान गराउने क्रम कम भएको कारण पत्ता लगाउन आवश्यक रहेको उनले बताए।

बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरित भएको उनको भनाइ छ । ‘मिल्क बैंकको स्थापना सातै प्रदेशमा गर्ने उद्देश्य छ, यसलाई सबै मिलेर सफल पारौँ, ‘ उनले भने।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ