२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ८१४ जनामा कोभिड पुष्टि, ५ संक्रमित भेन्टिलेटरमा

थप ८१४ जनामा कोभिड पुष्टि, ५ संक्रमित भेन्टिलेटरमा


काठमाडौं -थप ८ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  थप ८ सय १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

त्यस्तै,  थप २९९ संक्रमित संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कुनै संक्रमितको मृत्यु भएको छैन । मंगलबार ३८ जना संक्रमित आइसियूमा र ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ११ छ। केहि सातादेखि कोभिड संक्रमण बढ्दै जानुका साथै मृत्युका केसहरु पनि देखिएको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले पटक-पटक आग्रह गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ