२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ९१५ जनामा कोभिड पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

नेपालमा ९१५ जनामा कोभिड पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो


काठमाडौं -थप ९ सय १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  थप ९ सय १५  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

त्यस्तै,  थप ३०१ संक्रमित संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कुनै संक्रमितको मृत्यु भएको छैन । मंगलबार ४३ जना संक्रमित आइसियूमा र २जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३३ छ। केहि सातादेखि कोभिड संक्रमण बढ्दै जानुका साथै मृत्युका केसहरु पनि देखिएको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले पटक-पटक आग्रह गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ