२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजन्मदिनको दिन चर्चित बडीबिल्डरको निधन, ‘हल्क’ बन्न लगाइरहन्थे सिन्थोलको खोप

जन्मदिनको दिन चर्चित बडीबिल्डरको निधन, ‘हल्क’ बन्न लगाइरहन्थे सिन्थोलको खोप


ब्राजिलका एक बडीबिल्डर तथा टिकटक स्टार भनेर चिनिने भाल्दिर सेगाटोको ५५ औं जन्मदिनमा निधन भएको छ । बडीबिल्डर भाल्दिर सेगाटोले डाक्टरहरूको चेतावनीको बाबजुद ‘हल्क’ जस्तो मांसपेशी बनाउन वर्षौंदेखि घातक सिन्थोल सुईको प्रयोग गर्दै आएका थिए।

सोही कारण ज्यान गएको चिकित्सकहरुको दावी छ ।

उनको मांसपेसी तेल, अल्कोहल र दुखाइ निवारक औषधीको खतरनाक मिश्रणले भरिएको थियो। घातक सिन्थोल लगाइरहँदा स्ट्रोक, धमनीमा अवरोध र संक्रमणको जोखिम हुन सक्ने भन्दै बारम्बार डाक्टरहरुले दिएको चेतावनीहरूलाई  उनले बेवास्ता गरेका थिए ।

अचानक उनलाई श्वास फेर्न गाह्रो भएको बताएपछि मंगलबार सेगाटोलाई उनका छिमेकीले अस्पताल लगिएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सेगाटोका छिमेकीहरूले स्थानीय मिडियालाई  बडीबिल्डर आफ्ना लाखौं प्रशंसकहरूको बाबजुद केही साथीहरूसँग एकान्तको रूपमा बस्दै आएका थिए। ब्राजिलको ग्लोबो न्यूजका अनुसार,  उनको हृदयघातका कारण मृत्यु भएको हो ।

सेगाटोलाई श्वास फेर्न समस्या भएर अस्पतालमा भर्ना गरिएको यो पहिलोपटक भने होइन।  यसअघि पनि स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई चिकित्सकले बचाउन सफल भएका थिए ।  तर, यसपटक भने उनको मृत्यु भएको छ  ।

साओ पाउलोका, भल्दिर पछिल्लो समय सामाजिक संजालमा आफ्नो विशाल शरीरको भिडियो साझा गरेर चर्चामा चुलिएका थिए ।अनलाइन स्टारले आफ्नो बलियो मांसपेशीले संसारभरका फ्यानहरूको ध्यान खिचेका थिए । उनका फलोर्स मात्र १६ लाख बढी छन्।

एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ