२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइजरायली वैज्ञानिकहरूले बनाए पहिलोपटक कृत्रिम भ्रूण

इजरायली वैज्ञानिकहरूले बनाए पहिलोपटक कृत्रिम भ्रूण


इजरायलका वैज्ञानिकहरूले विश्वको पहिलो कृत्रिम भ्रूण तयार पारेका छन् । सो भ्रुणले जीवमा मुटु पनि धड्किने र मस्तिष्कले पनि पूर्ण आकार लिइसकेको वेइजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरूको भनाइ छ।

विना कुनै निषेचित अण्डा र शुक्रकीटको प्रयोग गरी भ्रूण विकास गरिएको विज्ञको दावी छ।

मेडिकल साइन्स जर्नलमा प्रकाशित अनुसन्धानमा उल्लेख भएअनुसार टोलीले मुसाको स्टेम सेलबाट भ्रूण विकास गरेको थियो। प्रयोगशालामा विशेष प्रकारको भाँडोमा वर्षौंसम्म राखिएको थियो । यस भाँडामा मूल कोषिकाबाटै पूर्ण भ्रूण विकास गरेका छन् ।

यो गर्भको बाहिर स्टेम सेलहरू (मूल कोषिकाहरु थपेर विकसित गरिएको र  सम्पूर्ण जीव कोषिकाको सहयोगमा सृष्टि गरिएको अध्ययनमा उल्लेख छ ।

विर्य, अण्डा र पाठेघरको प्रयोग बिना ८ दिनमा स्टेम सेलबाट यो भ्रूण तयार पार्न सफल भएको वेइजम्यानको वन्डर साइन्स न्युज एण्ड कल्चरमा प्रकाशित अध्ययनका प्रोफेसर ज्याकब हानाले बताए। भ्रूणको विकास गर्न विशेष प्रकारको अण्डा सुरक्षा दिने प्रणाली इनकुबाटोर सिस्टमको प्रयोग भएको उनको भनाइ छ।

अहिलेसम्म धेरै जसो अनुसन्धानले कोषिकाहरु उत्पादन गर्न गाह्रो भएको वा तिनीहरूलाई अलग्गै राख्नुपर्ने भएको छ, ‘उनले भने, ‘हामीले यी अवरोधहरू पार गर्न सफल भएका छौं। भविष्यमा यो अनुसन्धान चिकित्सा विज्ञानको विश्वका लागि क्रान्तिकारी साबित हुन सक्छ।

अध्ययनको क्रममा कृत्रिम भ्रूणको विकास ८.५ दिनसम्म जारी रहेको थियो। जसमा मुटुको धड्कन, रक्त स्टेम कोषिकाहरु, राम्रो आकारको मस्तिष्क, एक न्यूरल ट्यूब, र आन्द्राको पथसहित सबै प्रारम्भिक अंगहरू बनाइयो। सिन्थेटिक मोडेलले विभिन्न कोषिकाको आन्तरिक संरचना र जीन ढाँचाको आकारमा ९५ प्रतिशत समानता देखाएको छ ।

अब भाइरसले मानिसको जीवन बचाउनेछ

इजरायलका अन्वेषकहरूले मानव आन्द्रासँग सम्बन्धित रोगहरूको सामना गर्ने उपाय निकालेका छन्। वैज्ञानिकहरूले ब्याक्टेरियासँग लड्ने भाइरसको औषधि बनाएका छन्। सेल जर्नलमा प्रकाशित पियर-समीक्षा अनुसन्धानका अनुसार परीक्षणको क्रममा भाइरसले क्लेबसिएला निमोनियाको मात्रालाई उल्लेखनीय रूपमा घटाएको छ। यो एक प्रकारको ब्याक्टेरिया हो जसले मानिसमा अल्सरेटिभ कोलाइटिस निम्त्याउँछ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ