काठमाडौं—मंकीपक्सका महामारीकै रुपमा फैलन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले मंकीपक्सका लागि १४ जना फोकल डर्माटोलोजिष्टहरु तोकेको हो ।
इडिसिडीको इपिमिडिमियोलोजी एण्ड आउटब्रेक म्यानेजमेन्ट शाखाका डा. शैलेश पन्थीले मंकीपक्सको संवेदनशीलतालाई मध्यनजर गर्दै देशभर १४ जना फोकल डर्माटोलोजिष्टहरु तोकिएको जानकारी दिएका हुन् ।
जसमा मेची अस्पतालमा झापामा डा. केशव ढकाल, कोशी अस्पताल विराटनगरमा डा. सिबी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा. सूचना मरहठ्ठा, जनकपुर प्रादेशिक अस्पतालमा डा. राम यादव, नारायणी अस्पतालमा डा. अतुलेशकुमार चौरासिया फोकल डर्माटोलोजिष्ट तोकिएका छन् ।
यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा डा. सिवेन्द्र झा, पाटन अस्पतालमा डा. मोनीक्यु काफ्ले मंकीपक्सका लागि फोकल डर्माटोलोजिष्ट तोकिएका छन् ।
यसैगरी, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मनिलाल श्रेष्ठ, भेरी अस्पताल नेपालगन्जमा डा. बद्री चापागाई, प्रादेशिक अस्पताल सुर्खेतमा डा. सुस्मिता प्रधान र सेती प्रादेशिक अस्पतालमा डा. दिनेश शिवाकोटी फोकल डर्माटोलोजिष्ट तोकिएका छन् ।
कन्ट्याक्ट फोकल प्वाइन्टका रुपमा राष्टिय जनस्वास्थ्य प्रयोगशालामा लोकबन्ध चौधरी, इडिसिडीमा भोला अधिकारीलाई तोकिएको छ ।
मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरूका घना जंगलमा रहेका जनावरहरूको सम्पर्कमा आउने मानिसहरूमा बढी पाइएको छ । संक्रमित बाँदर, मुसा लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ ।
संक्रामक व्यक्ति वा पशुसँग सम्पर्कमा आउँदा वा उनीहरूकाे थुक, -याल, घाउखटिरा, शरीरबाट निस्किने तरल पदार्थहरू, दूषित सतह र सामग्री, स्वासनली, आँखा, नाक र मुख तथा काटिएको, फुटेको, टोकिएको छालाबाट यसको संक्रमण फैलिन्छ ।
मंकीपक्सलाई कस्ता व्यक्तिलाई शिकार बनाइरहेको छ?
- विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स भाइरसले तीन प्रकारका मानिसलाई आफ्नो सिकार बनाइरहेको छ ।
- यस वर्षको प्रकोपका बिरामीमध्ये ९९ प्रतिशत पुरुष छन् ।
- धेरैजसो पुरुषहरू अरू पुरुषसँगै यौनसम्पर्क गर्नेहरू हुन्।
- अधिकांश बिरामी २१ देखि ४० वर्षका छन् ।
भाइरसको डीएनएमा ५० प्रजाति मन्कीपक्सका बिरामी बढ्दै गएपछि विश्व नै अलर्ट मोडमा छ । वैज्ञानिकहरूले विभिन्न प्रकारका अनुसन्धान गरेर यो रोग तीव्र गतिमा फैलनुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् । नेचर मेडिसिन जर्नलमा प्रकाशित एउटा अनुसन्धानले भाइरसको २०१८को डीएनए र २०२२ को डीएनएलाई तुलना गरेको छ। चार वर्षमा डीएनएमा ५० म्युटेसन भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यो अपेक्षित परिवर्तनभन्दा ६-१२ गुणा बढी हो।
लक्षणहरु:-
- ज्वरो आउने
- टाउको दुख्ने
- थकान महसुस हुने
- जीउ सुन्निने
- ढाड, टाउको र मांसपेशी दुख्ने
- शरीरमा बिमिरा देखिने
- शरीर दुख्ने