२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएममा एमबीबीएस लगायतको कोटा घटाउन आईओएमकै पदाधिकारीहरुको चलखेल

आईओएममा एमबीबीएस लगायतको कोटा घटाउन आईओएमकै पदाधिकारीहरुको चलखेल

सिट संख्या घटाइदिन आयोगलाई पटक-पटक पत्राचार


काठमाडौँ -त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को आंगिक क्याम्पसको रुपमा रहेको महाराजगन्ज मेडिकल क्याम्पसमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाउन आईओएमकै पदाधिकारीहरु लागेको खुल्न आएको छ।

अघिल्लो शैक्षिक सत्रबाट एक सय विद्यार्थी अध्ययन गराउन थालेको आईओएमले विद्यार्थी पढाउने कक्षा कोठा सानो भएको भन्दैं राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई पत्र लेखी आगामी शैक्षिक सत्रका लागि ७६ सिट मात्र तोकिदिन भनेको छ ।

आईओएमले आयोगलाई पठाएको पत्रमा महाराजगन्ज मेडिकल क्याम्पसले कक्षा कोठा र शिक्षकको अभावको कारण गत वर्षभन्दा विद्यार्थीको भर्ना संख्या कम गराउनुपर्ने सुझाव दिएको आधारमा आईओएमले निर्णय गरी आयोगलाई अनुरोध गरेको उल्लेख छ।

महाराजगन्ज क्याम्पसले डीन कार्यालयलाई लेखेको पत्रमा गत वर्ष एमबीबीएसतर्फ १ सय विद्यार्थीलाई झारेर ७६ बनाउने, बी फार्मेसीतर्फ गत वर्ष ३० विद्यार्थी संख्या भर्ना भएकोमा त्यसलाई घटाएर २० बनाउनुपर्ने र बीएससीएमएलटीतर्फ १५ बाट १० बनाउने व्यवस्था गरिदिन अनुरोध गरेको छ । सोही आधारमा आईओएम डीन कार्यालयले सहायक डीनमार्फत सिट संख्या घटाइदिन गत चैत्रमा पत्र पठाइएको थियो । सो पत्र पछि आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले आफैले अनुगमन गरी आईओएमका पदाधिकारीसँग बसेर सिट संख्या घटाउन नहुने छलफल गरेका थिए ।

तर, सो छलफल भएको केही समयपछि आईओएमका फ्याकल्टीहरुको बैठक बसेर सिट संख्या घटाउनुपर्ने निर्णय गरी डीन प्रा.डा. दिव्या सिंह शाहमार्फत दोस्रो पत्र आयोगलाई पठाइएको थियो ।

निजी मेडिकल कलेजहरुले एक सय ५० विद्यार्थी एक शैक्षिक सत्रमा पढाउन पाउनुपर्ने र दुई शैक्षिक सत्र पनि आफूहरु पढाउन तयार भएको बताइरहेका बेला आईओएमले भने पाइरहेको सिट पनि घटाउन खोज्नु लज्जास्पद भएको आयोगका अधिकारीहरु बताउँछन् ।

आयोगलाई आईओएमले हाललाई सिट संख्या घटाएर ७६ बनाइदिन पत्र आएको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले बताए । ‘आधिकारिक रुपमा पत्र नै आएको थियो,’ उनले भने, ‘सरकारी क्याम्पसमा सिट संख्या घटाउन हुादैन भनेर आयोग पदाधिकारीहरुको उहाँहरुसँग बसेर छलफल भयो र यस वर्ष सोही अनुसार सिट तय भएको हो ।’

यसअघि आईओएममा एमबीबीएसतर्फ ७६ सिट संख्या रहँदैं आएकोमा अघिल्लो वर्षमात्र एक सय संख्या पु-याइएको हो । आईओएम ले सिट घटाउन पत्र पठाएतापनि यसपटक पनि आयोगले पुरानै सिट संख्या निर्धारण गरिदिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ