२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअसमान तलब वृद्धि तत्काल नसच्याए आन्दोलनः राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल

असमान तलब वृद्धि तत्काल नसच्याए आन्दोलनः राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल


काठमाडाैं-सरकारले आर्थिक वर्ष ०७९/८० को वजेट वक्तव्य विपरित असमान तरिकाले तलब वृद्धि गरेको भन्दैं राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विरोध जनाएको छ ।

सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कुनै पनि बहानामा असमान किसिमले गरिने तलब वृद्धि स्वीकार्य नहुने उल्लेख गरेको छ ।

महासंघले पक्षपातपूर्ण र असमान किसिमले तलब वृद्धि गरिएमा त्यसबाट सिर्जना हुने बिरोध र आन्दोलनका कार्यक्रमबाट निस्कने परिणामको जवाफदेही सरकार हुनुपर्ने चेतावनी दिएको छ ।

महासंघका महासचिव डा. सन्तोष पौडेलद्धारा जारी विज्ञप्तीमा सार्वजनिक भएको नयाँ तलबमान प्रस्तावले आम कर्मचारी र स्वास्थ्यकर्मीमा अन्योलता छाएको उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ