२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन १०९० जनामा कोभिड-१९ संक्रमण पुष्टि, २ जनाको मृत्यु

एकैदिन १०९० जनामा कोभिड-१९ संक्रमण पुष्टि, २ जनाको मृत्यु


काठमाडौं—नेपालमा एकैदिन १ हजार ९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ९० जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

कोभिड-१९ को संक्रमण निरन्तर उकालो लागिरहेका बेला लामो समयपछि पहिलो पटक नेपालमा कोभिड-१९ संक्रमण १ हजार आँकडा क्रस गरेको हो । पछिल्लो समय सहरमा मास्क नलगाउने, भिडभाड गर्नेजस्ता कारणले कोभिड-१९ संक्रमण तीब्र रुपमा फैलिरहेको देखिन्छ ।

पछिल्लो २४ घण्टामा ४ सय ३८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ९ लाख ७३ हजार ७ सय ५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालका कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ