२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६१ जना कोभिड-१९ संक्रमित आईसीयुमा, ७ जना भेन्टिलेटरमा

६१ जना कोभिड-१९ संक्रमित आईसीयुमा, ७ जना भेन्टिलेटरमा


काठमाडौं—कोभिड-१९ को संक्रमण बढेसँगै अस्पतालका आईसीयु र भेन्टिलेटरमा भर्ना गर्नुपर्ने संक्रमितको संख्या पनि बढ्दै गएको छ । कुनै समय आईसीयु र भेन्टिलेरमा संक्रमितको संख्या शुन्यमा झरेको थियो ।

तर, पछिल्ला केही दिनमा संक्रमण निरन्तर उकालो लागेसँगै आईसीयु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या पनि बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबारसम्म देशभर ६१ जना कोभिड-१९ संक्रमतिको उपचार आईसीयुमा भइरहेको छ ।

यस्तै, कोभिड-१९ का कारण गम्भीर अवस्थामा पुगेका ७ जनाको उपचार भेन्टिलेटरमा जारी छ । भेन्टिलेटरमा रहेका ७ जनाको नै बागमती प्रदेशका अस्पतालहरुमा उपचार भइरहेको छ ।

आईसीयुमा उपचार गराइरहेकामध्ये प्रदेश नं. १ का ९ जना, बागमती प्रदेशका ४७ जना, लुम्बिनी प्रदेशका ४ जना र सुदूरपश्चिम प्रदेशका १ जना रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ