२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६, ७ र ८ असोजमा हुने मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि आवेदन खुला

६, ७ र ८ असोजमा हुने मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि आवेदन खुला


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले ६, ७ र ८ असोजमा हुने चिकित्सक लाइसेन्स परीक्षा (दर्ता परीक्षा)का लागि आवेदन खुला गरेको छ । २४ साउनमा काउन्सिलले एक सूचना जारी गर्दै २४ साउनदेखि आवेदन खुला गरेको जनाएको छ ।

काउन्सिलकाअनुसार २४ साउन २०७९ देखि २२ भदौं २०७९ सम्म नियमित शुल्कमा अनलाइनमार्फत लाइसेन्स परीक्षाका लागि आवेदन दिन पाइनेछ । यस्तै, बिलम्ब शुल्क तिरेर २३ र २४ भदौं २०७९ मा आवेदन दिन सकिनेछ ।

आवेदनका २४ सैं घण्टा अनलाइनमार्फत भर्न सकिनेछ । काउन्सिलको लाइसेन्स परीक्षा ६, ७ र ८ असोजमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ