गृहपृष्ठ ∕ समाचार ∕ दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने हेल्थ आवाज मंगलबार, २०७९ साउन २४ गते, १७:१९ मा प्रकाशित काठमाडौं–वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर बसको ठक्करबाट घाइते भएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उद्धार गरी नेपाल ल्याएकी जानकी मगरको थप उपचार पनि प्रसाईले आफ्नै अस्पताल बीएण्सीमा गरिदिने भएका छन् । मंगलबार प्रसाईंको सहयोगमा उनलाई नेपाल ल्याइएको छ । नेपाल आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा जानकीले दुर्घटनापछि आफू विदेशमा बेवारिसे भएको र खर्चका अभावको कारण थप उपचार गर्न नपाएको समेत बताइन् । नेपाली दूतावासमा पटक—पटक आग्रह गरेतापनि नेपाल आउन नसेकेको गुनासो उनको थियो । स्कुल बसको ठक्करबाट घाइते भएकी थापाको दुबईको एनएमसी रोयल अस्पतालमा उपचार भएको थियो । दुर्घटनाका कारण ७ ठाउँका हड्डी भाँच्चिएका कारण उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा छ । दुर्घटनामा परेपछि आफूले नेपाल गएर परिवारसँग भेट्न पाउने कल्पना पनि नगरेको उनले बताइन् । उनले आफूलाई नेपाल ल्याइदिएकोमा प्रसाईंलाई धन्यवाद दिइन् । ‘मलाई नेपाल आउन पाउँछु भन्ने आशा नै मरिसकेको थियो,’ उनले भनिन्, ‘उहाँ (दुर्गा प्रसाईं)ले सहयोग गरेर ल्याइदिनुभयो । मेरो सरकार, अभिभावक सबै उहाँ नै हो ।’ प्रसाईंले आफूले मानवताका नाताले विदेशमा मृत्यु भएकाको शव र बिरामीको उद्धार गरेको बताए । ‘म दुबई गएपछि साथीहरुले त्यहाँ गएर मृत्यु भएर पैसाको अभावमा शव ल्याउन नपाएको र घाइतेहरु अलपत्र परेको सुनाउनुभयो,’ उनले भने, ‘मेरो मानवीयताले त्यो टुलुटुलु हेर्न सकेन र सहयोग गरे ।’ उनले उद्धार गरी ल्याएकी जानकी मगरको थप उपचार बीएण्डसी अस्पतालमा निःशुल्क गरिने पनि जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा