२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच

चन्दननाथ नगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य सेवाको पहुँच


जुम्ला – चन्दननाथ नगरापालिका स्थानीय सरकार सञ्चालन भएको साढे तीन वर्षमै १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच छ  । नागरिकको स्वास्थ्य अधिकार सुनिश्चिताका लागि नगरका १० वटै वडामा आधारभुत स्वास्थ्य सेवा पुगेको हो ।

यस नगरपालिकालाई स्वास्थ्य सेवामा अव्बल मानिएको छ । पश्चिम नेपालकै ठुलो तीनसय शैय्याको सुविधा सम्पन्न अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पनि यहाँ चन्दननाथ नगरपालिकाभित्रै अवस्थित छ । अझै नागरिकको स्वास्थ्य मजबुद बनाउनका लागि चन्दननाथ नगरपालिकाकाले १० वटै वडामा आधारभुत स्वास्थ्य सेवाको पहुँच पु¥याउन सफल भएको छ ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्ने, गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानकै क्रममा बुधबार नगरका ४ वटा वडामा एकैसाथ आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । मेयर कान्तिका सेजुवालले बुधबार २, ३, ६ र ९ नम्बर वडामा एकैसाथ आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरेकी हुन् ।

नगरपालिका भित्रका वडा नं.७, ८ र १० वडामा संघीय संरचना अघि नै स्वास्थ्य चौकी स्थापना भएका थिए र ४ नम्बर वडामा सहरी स्वास्थ्य क्लिनिक सञ्चानमा रहेको थियो । यहाँको १ नम्बरमा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बाँकी छ । चन्दननाथ नगरपालिका कर्णालीकै पहिलो आधारभुत स्वास्थ्य सेवायुक्त नगर समेत बनेको नगरप्रमुख सेजुवालले बताइन।

उनले भनिन्,  ‘आधारभुत स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार हो । त्यसबाट कोहि बन्चित नहुन भन्ने लक्ष्य राखिएको छ । गाउँमा गर्भवती महिला, जेष्ठनागरिक, बालबालिका, अपांग व्यक्तिका राहतका लागि घरदैलोमै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका हौँ । सामान्य विरामी हुँदा मेडिकल, अस्पतालमा किन्नु पर्ने औषधी आधारभुत स्वास्थ्य केन्द्रबाट नागरिकले निशुल्क पाएर राहत महसुस गर्ने छन् ।’

अहिले ५ वटै स्वास्थ्य केन्द्र भाडाको घरमा सञ्चालन गरिएका छन् । चालु आर्थिक वर्षको अन्तिमसम्म आफ्नै भवनबाट सेवा दिनेगरी काम अघि बढीरहेको नगरप्रमुख सेजुवालको भनाई छ । ५ नम्बर वडा बाहेक नगरका सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेलले संघियता कार्यान्वयनयमा आएसंगै नागरिकलाई हरेक सेवा गाउमै पु¥याउने लक्ष्य अनुसार घरदैलोमै आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताए ।

उनले भने, ‘सरकारले प्रत्यक स्थानियतहमा १५ शैयाको अस्पताल र हरेक वडामा आधारभुत स्वास्थ्य संस्था पु¥याउने लक्ष्य रहेको छ । साथै मातृ शिशु मृत्युदर घटाउने, ठुलो समस्या बाहेक अन्य विरामीको औषधी पाईने गरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हो ।’

स्वास्थ्यको विकास विना राष्ट्रको विकास असम्भव भएकोेले निरोगी दक्ष जनशक्ति उत्पादनका लागि सरकारको प्रथामिकता स्वास्थ्य क्षेत्रमा रहेको उनको भनाई छ । चन्दननाथ नगरपालिकाका ४ हजार २ सय ७१ घरधुरी २० हजार ८ सय ८४ जना नागरिक आधारभुत स्वास्थ्य सेवाको पुहँचमा पुगेका छन् ।

नगरपालिकाले पाँच वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र, ४ वडामा स्वास्थ्य चौकी र १ वडामा सहरी स्वास्थ्य क्लिनिक र ५ नम्बर वडामा प्रतिष्ठान गरेर १० वटै वडाका ४ हजार २ सय घरधुरीका २० हजार ८ सय बढी नागरिक प्रत्यक्ष रुपमा स्वास्थ्यको पहुँचमा पुगेका हुन् ।

गाउँ-गाउँमा संचालित आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट विभिन्न ६४ प्ररकारकाले औषधी निशुल्क पाउने छन् । चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्र बहादुर महतले भने, ‘सरकारले दिने ३५ प्ररकारको निशुल्क औषधी र बाँकी नगरपालिकाले खरिद गरेको औषधी गरी ६४ प्ररकारका औषधी निशुल्क दिने व्यवस्था गरेका छौँ ।’

आर्थिक बर्षमा नगरपालिकामा ५ वटा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनका लागि ७० लाख बजेट विनियोजन भएको जनस्वास्थ्य निरीक्षक महतले जानकारी दिए । गाउँका नागरिकले आधारभुत स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने उनको विश्वास छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ