२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ८६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ३ जनाको मृत्यु

नेपालमा थप ८६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ३ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ८ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ सय ६८ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

मंगलबार पछिल्ला केही समययताकै उच्च १ हजार ९० जनामा कोभिड-१९ संक्रमण पोजेटिभ देखिएको थियो । तर, बुधबार मंगलबारको तुलनामा संक्रमण केही कममा देखिएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय १४ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड—१९ संक्रमित ५० प्रतिशतमा कुनै लक्षण नदेखिने बताउँदैं जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ