२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका प्रमुख विशेषज्ञ अब ‘अतिरिक्त सचिव’, क्याबिनेटले गर्यो पद परिवर्तन

स्वास्थ्यका प्रमुख विशेषज्ञ अब ‘अतिरिक्त सचिव’, क्याबिनेटले गर्यो पद परिवर्तन


काठमाडौं-सरकारले स्वास्थ्य समूहका १२ औं तहका प्रमुख विशेषज्ञहरुको नाम पद परिवर्तन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रमुख विशेषज्ञलाई स्वास्थ्य सेवा तर्फको अतिरिक्त सचिव बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए ।

‘स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषदले प्रमुख विशेषज्ञलाई अतिरिक्त सचिवमा बदल्ने निर्णय गरेको हो,’ उनले भने ।

स्वास्थ्यतर्फ हाल चार प्रमुख विशेषज्ञ रहेका छन् । जसमा दुई जनाको दरबन्दी मन्त्रालयमा, एकजना स्वास्थ्य सेवा विभाग र एक जना वीर अस्पतालको प्रमुखमा छ ।

स्वास्थ्य सेवा विभागको प्रमुखमा डा. दिपेन्द्ररमण सिंह छन् भने डा. श्यामसुन्दर यादव, डा. गुणराज लोहनी र डा. संगीता मिश्रा मन्त्रालयमा छन् । वीर अस्पतालमा भने मन्त्रालयले पठाउन सकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ