२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७८१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २ जनाको मृत्यु

७८१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ७ सय ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७ सय ८१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ सय ११ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७४ हजार ८ सय ६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८४ पुगेको छ ।

नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ