२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ८८८ जनामा कोभिड संक्रमण, १को मृत्यु

थप ८८८ जनामा कोभिड संक्रमण, १को मृत्यु


काठमाडौँ – नेपालमा थप ८ सय ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ७४ जना संक्रमित कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ८९ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, हाल भेन्टिलेटरमा ३ जना र आइसियूमा ६४ जना बिरामी उपचाररत छन् । नेपालमा सोमबारसम्म ५ हजार ३ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ