२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ८४८ जनामा कोभिड पुष्टि, ४ संक्रमित भेन्टिलेटरमा

नेपालमा थप ८४८ जनामा कोभिड पुष्टि, ४ संक्रमित भेन्टिलेटरमा


काठमाडौँ – नेपालमा थप ८ सय ४८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ सय ४८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ सय २६ जना संक्रमित कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७६ हजार ६ सय ९  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ ।

यस्तै, हाल भेन्टिलेटरमा ४ जना र आइसियूमा ६८ जना बिरामी उपचाररत छन् । नेपालमा सोमबारसम्म ५ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ