२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवैज्ञानिकले बनाए दिमागको इसारामा चल्ने बायोनिक हात, दैनिक काम गर्न सहज हुने दावी

वैज्ञानिकले बनाए दिमागको इसारामा चल्ने बायोनिक हात, दैनिक काम गर्न सहज हुने दावी


वैज्ञानिकहरूले एक विशेष बायोनिक हात बनाएका छन्। सो हातले दिमागको इसारामा काम गर्ने गर्छ। यसलाई बारम्बार हटाउन वा लगाउन नपर्ने र आवश्यकता अनुसार नयाँ काम पनि सिकाउन सकिन्छ ।

अष्ट्रेलियाकी ३७ वर्षीया प्यारालिम्पियन जेसिका स्मिथमा वैज्ञानिकहरूले सफलतापूर्वक बायोनिक हात प्रत्यारोपण गरेका छन् । अस्ट्रेलियाकी पौडी खेलाडी जेसिका बायाँ हात बिना जन्मिएकी थिइन् । सन् २००४ उनका आमाबुवाले उनलाई कृत्रिम हात दिएका थिए । तर,  हात लगाइएपनि सधैं लगाउन र फुकाल्न समस्या हुनुहुन्थ्यो।

 कृत्रिम यो हातमा मानसिक नियन्त्रण नहुँदा दुर्घटना समेत हुन पुग्यो । यही हातका कारण एकपटक उनको शरीरमा तातो दूध पनि परेको थियो । जसका कारण उनी १५ प्रतिशतसम्म जलेका थिए ।

उत्तरी बेलायतमा रहेको बेलायती कम्पनी कोभवीले कृत्रिम हातलाई चुनौतीको सामना गर्दै ६ महिनामा बायोनिक हात बनाएको छ । कम्पनीले यसलाई जेसिकाको शरीरमा अप्रिल २०२२ मा फिट गरेको थियो। जसको मद्दतले अब उनले एक गिलास पानी उठाउनेदेखि मेकअपसम्मका सबै काम सजिलै गर्न सक्छिन् ।

यसरी काम गर्दछ

बायोनिक हात काँध नजिकको मांसपेसीहरुमा उत्पन्न विद्युतीय तरंगहरुको आधार मा काम गर्दछ। यसबाट हातले मनमा सोचेको काम गर्छ। उदाहरणका लागि, चश्मा समात्ने, ढोका खोल्ने वा अण्डाहरू ह्यान्डल गर्ने। कम्पनीले यी हातहरूमा ब्लुटुथ उपकरणहरू थप्यो ताकि यसलाई टाढाबाट अद्यावधिक गर्न सकिन्छ। कोभिका संस्थापक साइमन पोलार्डले भने, ‘हामी हाम्रो कम्पनीको प्रत्येक बायोनिक हातले आफ्नो शरीर अर्थात् ग्राहकको दिमाग अनुसार काम गरोस् भन्ने चाहन्छौं। यसलाई जहाँ पनि बसेर अद्यावधिक गर्न सकिन्छ।’

जेसिका स्मिथ भन्छिन्, ‘यो हातले मेरो जीवन मात्र होइन, मेरा तीन बच्चाहरूलाई पनि परिवर्तन गरेको छ। मेरा बच्चाहरूले बुझ्छन् कि म आधा रोबोट र आधा मानव हुँ।’ बायोनिक हातले आत्मसम्मान बढाएको उनको भनाइ छ। हेर्दा पनि यो सुन्दर र आधुनिक देखिन्छ। ‘अब म हात लुकाउँदिन। म उसलाई खुल्लामा आरामसँग लिएर हिड्छु, ‘उनले भनिन् ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ