२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति भण्डारीले गरिन् नेपालकै पहिलो ‘ह्युमन मिल्क बैंक’को उद्घाटन

राष्ट्रपति भण्डारीले गरिन् नेपालकै पहिलो ‘ह्युमन मिल्क बैंक’को उद्घाटन


काठमाडौँ – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो ‘ह्युमन मिल्क बैंक‘को उद्घाटन भएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन्।

बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँने उद्देश्यले बैंकको स्थापना गरिएको अस्पतालले जनाएको छ।

सो ‘अमृत कोष’ नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ