२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमाजवादी चिन्तक प्रदीप गिरिको निधन

समाजवादी चिन्तक प्रदीप गिरिको निधन


काठमाडौं—समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९ः३० बजे नेपाल मेडिसिटी अस्पतालमा गिरीको ७५ वर्षको उमेरमा निधन भएको हो ।

घाँटीको क्यान्सरको उपचार गरेर भारतबाट गत महिना मात्रै गिरि नेपाल फर्किएका थिए । नेपाल फर्किने बितिकै स्वास्थ्यमा पुनः समस्या देखा परेपछि उनलाई ९ साउनमा नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

तर, उनको स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि दुई दिनअघिबाट उनको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । त्यसमा पनि प्रगति नभएर उनको शनिबार राति निधन भएको हो ।

नेपाली कांग्रेसले गिरिको निधन भएको पुष्टि गर्दै शोक वक्तव्य समेत जारी गरेको छ । नेपालमा वैचारिक नेताको छवि बनाएका गिरि प्रतिनिधीसभा सदस्य समेत हुन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गर्ने नेपाली कांग्रेसले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ