२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजबाट फाइजर खोप दिइदैं

५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजबाट फाइजर खोप दिइदैं


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई कोभिड—१९ विरुद्धको फाइजर खोप दिदैछ । मन्त्रालयकाअनुसार आजदेखि ११ भदौंसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिइदैंछ ।

यस्तै, भदौं २७ गतेदेखि असोज १ गतेसम्म कोभिड—१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइदैंछ।

मन्त्रालयकाअनुसार ५० जिल्लामाहरुमा प्रदेश नं. १ का १० वटा जिल्ला, मधेश प्रदेशका ३ वटा जिल्ला र बागमती प्रदेशका ६ वटा जिल्लामा दोस्रो चरणअन्तर्गत बालबालिकालाई फाइजर खोप लगाइदैंछ ।

यस्तै, गण्डकी प्रदेशका ९ जिल्ला, लुम्बिनी प्रदेशका ७ जिल्ला, कर्णाली प्रदेशका ९ जिल्ला र सुदूरपश्चिम प्रदेशका ६ वटा जिल्लामा कोभिड-१९ विरुद्धको फाइजर खोप बालबालिकालाई दिइदैंछ ।

कुन-कुन जिल्लामा दिइदैंछ खोप ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ